कञ्चनपुर- थारु महिला सभा, थारु नागरिक समाज लगायतको पहलमा कञ्चनपुरका थारु समुदायबीच पर्यटकीयस्थल बेतकोटमा ‘चिनजान तथा शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु नागरिक समाजले सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सम्मान गरेको थियो।  
कार्यक्रममा जिल्लास्थित थारु कर्मचारी, सामुदायिक अगुवा, समाजसेवी, महिला, युवा एवं विद्यार्थीहरु सहभागी थिए। जिल्ला सदरमुकाममा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी, जिल्लामा रहेका बुद्धिजीवी, समाजसेवी, महिला तथा पुरुष अगुवा, प्राध्यापक, शिक्षक, युवा, विद्यार्थीबीचमा आपसी चिनजान, सम्पर्क र समन्वय गराउन कार्यक्रमको आयोजना गरिएको थियो।
थारु नागरिक समाजका सल्लाहकार एवं शुक्लाफाँटा क्षेत्रीय दैनिकका सम्पादक बलबहादुर डंगौराले थारुहरु देशमै सांस्कृतिक रुपमा धनी, नैतिकरुपमा इमान्दार, जातियरुपमा समानतावादी एवं उच्च रहेकाले कसैले हिनताबोध गर्न नहुने धारणा राखेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले लोक सेवा आयोग र त्यसमा परीक्षा दिनका लागि पूर्व तयारीबारे पढेलेखेका युवाहरुलाई जानकारी गराउनुपर्ने, यसको पहल थारु नागरिक समाजले गर्नुपर्ने धारणा राखेका थिए। प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले थारुहरु काममा इमान्दार तर एउटा काममा लामो समयसम्म लाग्न नसकी छोड्ने र उपलब्धी हात पार्न नसकेका देखिएकाले निरन्तरता दिनुपर्ने बताएका थिए।
थारु नागरिक समाज कैलाली एवं इन्सेक कञ्चनपुरका जिल्ला संयेाजक दिलबहादुर चौधरीले तमाम बिधामा उत्कृष्ष्ट हुने ब्यक्तिहरुलाई प्रोत्साहन दिन जिल्लामा एउटा अक्षयकोषको स्थापना हुनुपर्नेमा जोड दिएका थिए। जिल्ला सिंचाई कार्यालयका ईन्जिनीयर रोशन चौधरीले कार्यक्रम राम्रो रहेकोले निरन्तरता दिर्नुपर्ने धारणा राख्दै कार्यक्रमको पहलकर्तालाई धन्यवाद दिएका थिए।
०७० मंसिर ४ गतेको चुनावमा सभासदका उम्मेदवार भएका ईश्वरी चौधरी र प्रेमवती राना, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका सचिव रुपसिंह डंगैारा लगायतका अधिकांश सहभागीहरुले कार्यक्रम राम्रो भएकोले निरन्तरता दिन माग गरेका थिए।
परिचय र शुभकामना आदानप्रदानपश्चात थारु नागरिक समाज कंचनपुरले सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी र प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेको, जिल्लाका सबै बर्ग, तह, तप्काका जनतासँग राम्रो जनसम्पर्क र समन्वय गर्न सफल रहेको धारणा ब्यक्त गर्दै उनीहरुको सम्मान गरेको थियो। थारु नागरिक समाज कंचनपुरका तर्फबाट थारु नागरिक समाजका सल्लाहकार एवं शुकलाफाँटा क्षेत्रीय दैनिकका सम्पादक बलबहादुर डंगौराले खादा ओढाई सम्मान गरेका थिए। कार्यक्रम होरीको पूर्वसन्ध्यामा आयोजना गरिएकाले सहभागीहरु खानपानपछि एकआपसमा अबिर दली शुभकामना ब्यक्त गरेका थिए र नाचगान राहरंगी गरी बिदा भएका थिए।
कार्यक्रम अनौपचारिक रुपमा सञ्चालन गरिएको थियो। संचालन शारदा बिद्यापीठ (संस्कृत क्यापस) महेन्द्रनगरमा संस्कृत बिषय पढाइरहेका प्राध्यापक मोहनप्रसाद चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *