Kareena Kapoor

एजेन्सी- करिना कपुर बलिउडका शीर्ष अभिनेत्रीमध्ये एक हुन्। कपुर खानदानले दशकौँदेखि बलिउडलाई सुपरस्टार दिँदै आएको छ। यसै खानदानकी छोरी भएकाले अभिनय उनको रगतमा छ। तर, कपुर खानदानसँग सम्बन्धित भए पनि मेहनत र क्षमताका भरमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। सानैदेखि उनलाई अभिनयको सोख थियो। घरमा कोही नहुँदा उनी आमाका लुगा लगाएर ऐनाअघि लुकीलुकी अभिनय गर्थिन्। त्यतिबेला कपुर परिवारका छोरीले फिल्ममा काम गर्दैनन्। दिदी करिश्मा कपुर फिल्म क्षेत्रतिर लागेपछि आमा बबिता कपुर र बुवा रणधीर कपुरको सम्बन्ध चिसिनपुग्यो। र, दुई छोरीलाई बबिताले एक्लै हुर्काइन्। करिश्मा र करिना दुवैले आफूलाई सफल अभिनेत्रीका रूपमा स्थापित गरेपछि सन् २००७ मा रणधीर र बबिता फेरि एक भएका हुन्।
सन् २००० मा करिनाको पहिलो फिल्म ‘रिफ्युजी’ रिलिज भयो। यसअघि उनले राकेश रोशन निर्देशित फिल्म ‘कहो ना प्यार हैु मा अमिषा पटेलको भूमिका पाएकी थिइन्। ‘यो फिल्म एक बाउले आफ्नो छोराका लागि बनाउँदै छ र यसमा मुख्य भूमिका अभिनेताकै हुनेछु भन्दै उनले यस फिल्ममा काम गर्न अस्वीकार गरिन्। फिल्म ‘रिफ्युजी’ बाट उनले बलिउडमा प्रवेश गरिन्। अभिषेक बच्चन अभिनेता रहेको फिल्म ‘रिफ्युजी’मा उनी बंगलादेशी केटीको भूमिकामा देखापरिन्। यस फिल्मका लागि उनले ‘सर्वश्रेष्ठ नवोदित अभिनेत्री’को पुरस्कार पाइन्। सन् २०११ मा उनले फिल्म ‘मुझे कुछ कहना हैु मा तुषार कपुरसँग जोडी बनाइन्। र, आफ्नो अभिनयबाट बलिउडकर्मीको प्रशंसा बटुलिन्।

करिनाले यसपछि अब्बास–मस्तानको फिल्म ‘अजनबी’ मा काम गरिन्। बलिउडका किङ खान– शाहरूखसँग उनी फिल्म ‘अशोका’ मा कलिङकी राजकुमारीको भूमिकामा देखापरिन्। सन् २००१ मा उनी करन जोहरको फिल्म ‘कभी खुसी, कभी गमु मा पूजा अर्थात् ‘पू’ को ग्ल्यामरस अवतारमा पर्दामा देखिइन्। उनको ‘पू’को भूमिकालाई दर्शकले खुब मन पराए।

सन् २००२ र २००३ करिनाका लागि त्यति उपलब्धिपूर्ण रहेन। यी दुई वर्षमा उनका छ वटा फिल्म असफल भए। सन् २००४ मा उनले फिल्म ‘चमेली’ बाट दमदार कमब्याक गरिन्। फिल्ममा उनी एक धन्दा गर्ने महिलाको भूमिकामा देखापरिन्। आफ्नो अभिनयबाट उनले दर्शकको मन जितिन् र वाहवाही लुटिन्। फिल्ममा बेजोड अभिनय गरेकाले ‘चमेली’ का लागि उनलाई ‘फिल्म फेयर विशेष अभिनेत्री’ पुरस्कार दिइयो। यसपछि मणिरत्नमको फिल्म ‘युवा’, गोविन्द निहलानीको ‘देवु उनका लागि ठीकठीकै साबित भए। फिल्म ‘देवुका लागि उनले फिल्म फेयर समीक्षक पुरस्कार पाइन्।

फिल्म ‘फिदा’मा उनी पहिलो पटक नकारात्मक भूमिकामा देखापरिन्। यही फिल्मबाट उनको र शाहिद कपुरको सम्बन्धको सुरुवात भएको हो। चर्चाका चुलीमा पुग्न शाहिदसँगको सम्बन्धले मद्दत पुर्याबयो। करिनाका फिल्म ‘क्यूँ किु, ‘दोस्ती’लाई दर्शकले पटक्कै मन पराएनन्। यी दुई फिल्म पूर्णतः असफल भए। तर, विशाल भारद्वाजको फिल्म ‘ओमकारा’ मा उनको अभिनयको खुब प्रशंसा गरियो। यसका लागि उनले ‘फिल्म फेयर पुरस्कारु पाइन्।

‘गर्नका निम्ति केही चाखलाग्दो भेटिएनु भन्दै उनी केही समय फिल्मी पर्दाबाट गायब भइन्। सन् २००७ मा फेरि शाहिद कपुरसँग जोडी बनाउँदै उनी फिल्म ‘जब वी मेटु मा देखिइन्। यस फिल्मलाई दर्शकले असाध्यै मन पराए। फिल्ममा उनको भूमिका र अभिनयको सर्वत्र प्रशंसा भयो। त्यस वर्षको फिल्म फेयर अवार्डमा ‘सर्वश्रेष्ठ अभिनेत्रीु को उपाधि उनले आफ्नो पोल्टोमा पारिन्। यतिबेलासम्म शाहिद र करिनाको सम्बन्ध टुटिसकेको थियो।

बलिउडमा करिनालाई ‘ब्युटी विद ब्रेनु भनेर चिनिन्छ। बलिउडमा प्रवेश गर्दा उनी ‘हेल्दीु थिइन्। ठ्याक्कै मोटी भन्न नसके पनि उनको शरीर चिटिक्क मिलेको चाहिँ थिएन। ‘स्लिम बडीु भएका अभिनेत्रीले बिस्तारै बलिउडमा वर्चस्व जमाउन थालिसकेका थिए। आफ्नो वजनका कारण करिनाले आलोचनाको सामना गर्नुपर्ने अवस्था सिर्जना भयो। फिल्म ‘टसनु मा उनी एकदमै नयाँ अवतार– ‘जिरो साइज फिगरु मा देखापरिन्। उनको जिरो फिगरका तस्बिर हरेक पत्रपत्रिकामा छापिन थालेपछि उनी चर्चाको चुलीमा पुगिन्। यही फिल्मबाट उनी सैफ अली खानसँग नजिकिइन्।

करिना अभिनीत राजकुमार हिरानीको फिल्म ‘थ्री इडिएट्सुले ठूलो सफलता हासिल गर्योल। उनका यसपछिका फिल्म ‘मिलेँगे–मिलेँगेु र ‘वी आर फेमिली’ ले बलिउडमा खासै कमाल गर्न सकेनन्। अभिनेत्रीप्रधान फिल्म ‘हिरोइनु ले भने उनलाई एकपटक फेरि दर्शकमाझ लोकप्रिय बनायो। ‘गोलमाल–३’, ‘बडीगार्डु, ‘रा। वनु उनका सफलतम फिल्ममध्ये हुन्।

‘कुर्बानु, ‘एजेन्ट विनोदु जस्ता फिल्ममा उनले सैफ अलीसँग काम गरिन्। दुवैको सम्बन्ध बलियो हुँदै गयो। बलिउडमा यो जोडी ‘सैफिना’ को नामले चर्चित भयो। सन् २०१२ अक्टुबरमा उनले सैफ अली खानसँग बिहे गरिन्। र, बनिन्– करिना कपुर खान।

सफलताको चुचुरोमा पुगेकी करिनाको करिअर भने बिहेपछि खस्किएको छ। उनको ‘करिअरको ग्राफु झर्न थालेको हल्लाले बलिउडमा राम्रै स्थान पाएको छ। बिहेपछि उनको पहिलो रिलिज फिल्म थियो– ‘तलाशु। फिल्ममा उनी प्रधान भूमिका थिइन्। सन् २०१३ मा करिनाका दुइटा फिल्म आए– ‘सत्याग्रहु र ‘गोरी तेरे प्यार मेँ’। एकातर्फ ‘सत्याग्रहुले त्यति सफलता हासिल गर्न सकेन भने अर्कोतर्फ ‘गोरी तेरे प्यार में’ ले दर्शकलाई निराश बनायो। एकपछि अर्को असफलताबाट ‘नम्बर वान अभिनेत्री’ को दौडमा करिनाको उपस्थिति कमजोर मानिन थालिएको छ।

राम्रा फिल्म अस्वीकार गर्नु करिनाको ओरालो लागेको करिअरको मुख्य कारणका रूपमा धेरैले लिएका छन्। ‘राम–लीला’, ‘कल हो ना हो’, ‘ब्ल्याकु, ‘फेसनु र ‘क्विनु जस्ता हिट फिल्मका लागि पहिला करिनालाई प्रस्ताव गरिएको थियो। तर, विभिन्न कारण देखाउँदै उनले यी फिल्म गर्न अस्वीकार गरिन्। यी तिनै फिल्म हुन्, जसले अरू अभिनेत्रीलाई सुपरस्टार बनाए। र, ठूला निर्देशकलाई ‘नो’ भन्नाले पनि उनको करिअर ओरालो लागेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *