Acc_Nepal_won-1

नेपालले परमपरागत प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गरी एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको छ। मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६१ रन बनायो। जबाफमा आएको मलेसिया ३६.२ ओभरमा १ सय २९ रनमै सीमित भयो। यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कारस्वरुप उपलब्ध गराउने जनाएको छ। Acc_Nepal_won-4

नेपाल सबै ५ खेल जिती विजेता बनेको हो। राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा मलेसियाले ३ खेल जित्यो। बहराइनसँगको वर्षाको कारण रद्ध भएको मलेसिया ७ अंकसहित उपविजेता भयो। समूह चरण्को अन्तिम खेल भए पनि नेपाल र मलेसिया बीचको खेल फाइनलसरह भएको थियो।

Acc_Nepal_won-6

नेपालले मलेसियालाई पराजित गर्दै २ वर्षअघिको मिठो बदला पनि लिएको छ। सन् २०१२ मा मलेसियामै एसिसी यु–१६ एलिटको नामले आयोजित प्रतियोगिताको फाइनलमा नेपाल घरेलु टोलीसँग १ विकेटले पराजित भएको थियो।

Acc_Nepal_won-2

तल्लोक्रमका ब्याट्समयान पवन सरार्फले सानदार ४४ रन बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो। आठौं नम्बरमा ब्याटिङ गरेका उनले २६ बल खेली ४ चौका प्रहार गरेपछि नेपालले पछिल्लो २० ओभरमा १ सय २ रन जोडेको थियो। रवीन्द्र जंग शाहीले ३४ रन बनाए। ५७ बल खेलेका उनले २ चौका प्रहार गरे।

Acc_Nepal_won-3

अन्य खेलाडीमा सुशान्त सिंह थापा ९, आशिफ शेख २०, रवि चन्द ७, कप्तान सुमित महर्जन ३, प्रनित थापामगर ९, जितेन्द्र सिंह १३ र रिजन ढकाल ५ रनमा आउट भए। आशिष पोखरेल ३ र अनिल पोखरेल शुन्यमा अविजित रहे।

Acc_Nepal_won-5
नेपालले एसियाली क्रिेकट परिषदको उमेर समूहमा जित्न नसकेको यही एक प्रतियोगिता थियो। नेपालले यसअघि एसिसी यु–१५ दुइ पटक, एसिसी यु–१७ एक पटक र एसिसी यु–१९ चार पटक जितेको थियो। एसिसी यु–१६ एलिटको नामले यसअघि दुई पटक आयोजित प्रतियोगितामा नेपाल दुबैको फाइनलमा पराजित भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *