USA_tharu-1

सन्ध्या राई कार्की, सिकागो- सिकागोमा बुद्धको बारेमा विचार गोष्ठी सम्पन्न भएको छ। सिकागोल्याण्ड थारु सोसाइटीको आजोजनामा सो विचार गोष्ठी सम्पन्न भएको हो। गोष्ठीको अवसरमा सुबोध कुमार सिंहद्धारा लिखित थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक नामक पुस्तकबारे प्रकाश पारिएको थियो।

USA_tharu-2 

कार्यक्रमको प्रमुख अतिथि तथा लेखक सिंहले समय बित्दै जाँदा परसंस्कृतिकरण भए पनि थारु संस्कारमा प्रशस्त मात्रामा बौद्ध संस्कारको अवशेषहरु रहेको बताए। पुस्तकमा लेखक सिंहले शाक्यमुनि बुद्ध, सम्राट अशोक तथा थारु समुदायका संस्कार, संस्कृति तथा रीतिरिवाजलाई दाँजेर हेर्दा मिल्दोजुल्दो भएको उल्लेख गरेका थिए।

USA_tharu-3

कार्यक्रममा संस्थाका सल्लाहकारहरु, शिकागोल्याण्ड फ्रेण्डसिप सोसाइटीका पदाधिकारीहरु, नेपाली तथा तिब्बती बुद्धिजबीहरुले पनि बुद्धको बारेमा प्रकाश पारेका थिए। सांगितिक तथा सांस्कृतिक प्रस्तुतिको साथमा आयोजित सो गोष्ठी सफल पार्न सहयोग गर्नुहुने सबैलाई संस्थाका अध्यक्ष विक्रम थारुले धन्यवाद दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *